आरोप प्रमाणित नभएकाले पुनः शर्मा नै अर्थमन्त्री : महरा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आरोप प्रमाणित नभएकाले पुनः शर्मा नै अर्थमन्त्री : महरा


१५ श्रावण २०७९, आइतबार


काठमाडौँ। नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले अर्थमन्त्रीमा जनार्दन शर्मा फर्किने बताएका छन् ।

शर्मामाथिको आरोप प्रमाणित नभएकाले पुनः उनी मन्त्री नियुक्त हुन लागेको महराले बताए ।

प्रेस सेन्टर नेपालका पदाधिकारीलाई प्रमाणपत्र वितरणपछि बाहिरिने क्रममा उनले पत्रकारहरुसँग भने, ‘उहाँलाई नै आरोप लागेको थियो । तर पुष्टि भएन । त्यही भएर उहाँ नै जाँदै हुनुहुन्छ ।’

महराले छानबिन समितिबाट कुनै पनि आरोप प्रमाणित गर्ने तथ्य नभेटिएकाले यो सम्भव भएको बताए । छानबिन समितिमा रहेका एमाले सांसदप्रति लक्षित गर्दै महराले भने ‘अस्वीकार गरे पनि उहाँहरुले प्रमाण देखाउन सक्नुभएन । त्यही भएर अर्थमन्त्रीमा पुनः शर्मा जाँदै हुनुहुन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस