इटालीका प्रधानमन्त्रीद्वारा राजीनामा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

इटालीका प्रधानमन्त्रीद्वारा राजीनामा


५ श्रावण २०७९, बिहिबार


रोम । इटालीका प्रधानमन्त्री मारियो द्राघीले पदबाट राजीनामा दिएका छन् ।

प्रधानमन्त्रीको राजीनामासँगै द्राघी नेतृत्वको राष्ट्रिय एकताको सरकारको १७ महिनाको कार्यकाल पनि समाप्त भएको छ ।

राष्ट्रपति सर्जियो माटारेलाले मारियो द्राघीको राजीनामा प्राप्त गर्नुभएको’ गणतन्त्रको राष्ट्रपति कार्यालयका महासचिव उगो जाम्पेट्टीको विज्ञप्तिमा भनिएको छ ।

अर्को सरकार गठन नभएसम्म प्रधानमन्त्री द्राघी नेतृत्वको सरकारले नै कामचलाउ सरकारका रूपमा शासन सञ्चालन गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस