गभर्नरले राजीनामा दिनुपर्छ : देउवा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गभर्नरले राजीनामा दिनुपर्छ : देउवा


३१ असार २०७९, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् ।

नेकपा एमालेले एम अधिकारी, खोटाङको नाममा अर्थ तथा योजना विभागको सदस्यमा राखेपछि गभर्नर अधिकारी विवादमा परेका छन् । 

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको शुक्रबार बसेको बैठकमा नेताहरुले पनि यो विषय उठाएका थिए ।

त्यसक्रममा प्रधानमन्त्रीले गभर्नर अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् । बैठकमा सहभागी एक नेता भन्छन्, ‘नेताहरुले कुरा उठाउनु भएको थियो । प्रधानमन्त्रीले नैतिक रुपमा पनि राजीनामा दिनुपर्छ । राजीनामा दिनु बाहेक के विकल्प हुन्छ र ? भन्नु भएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस