आगामी मौद्रिक नीतिबारे गभर्नरसँग प्रधानमन्त्रीले लिए ब्रिफिङ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आगामी मौद्रिक नीतिबारे गभर्नरसँग प्रधानमन्त्रीले लिए ब्रिफिङ


३० असार २०७९, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मौद्रिक नीतिबारे राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीसँग ब्रिफिङ लिएका छन् ।

जनार्दन शर्माको राजीनामापछि अर्थमन्त्रीको समेत जिम्मेवारीमा रहेका प्रधानमन्त्री देउवाले व्यापार घाटा बाह्य क्षेत्रमा देखिएको दबाब लगायत विषयमा अर्थ मन्त्रालयका प्रतिनिधिसहित गभर्नर अधिकारीसँग छलफल गरेका हुन् ।

छलफलमा गभर्नर अधिकारीले वर्तमान आर्थिक परिसूचक र मौद्रिक नीति तयारीका सम्बन्धमा प्रधानमन्त्रीलाई ब्रिफिङ गरेको थिए ।

राष्ट्र बैङ्क र अर्थ मन्त्रालय तर्फको ब्रिफिङपछि प्रधानमन्त्री देउवाले अर्थतन्त्रको आवश्यकता अनुसारको मौद्रिक नीति तर्जुमा गर्न निर्देशन दिएको बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस