सरकारी निवास कब्जा भएपछि भागे श्रीलङ्काका राष्ट्रपति, प्रधानमन्त्रीले दिए राजीनामा « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

सरकारी निवास कब्जा भएपछि भागे श्रीलङ्काका राष्ट्रपति, प्रधानमन्त्रीले दिए राजीनामा


२६ असार २०७९, आइतबार


काठमाडौँ । श्रीलङ्कामा जारी विरोध प्रदर्शनबीच आन्दोलनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवास कब्जा गरेका छन् । कब्जा गरेलगत्तै राजापाक्षे राष्ट्रपति भवनबाट भागेका छन् । राजापाक्षे कहाँ छन् भन्नेबारे कसैलाई जानकारी छैन। उनी श्रीलङ्कामा छन् वा देश छाडेर गए छन् भन्ने खुलेको छैन ।

यसैबीच प्रधानमन्त्री विक्रमासिङ्घेले पनि पदबाट राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका हुन् । यहाँ आन्दोलनकारीले उनको निजी घरमा आगजनी गरेका छन् ।

राजीनामा दिनुअघि प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाएका थिए । श्रीलङ्काको संविधानअनुसार सभामुख महिन्दा याप्पा अभयवर्धनेलाई अन्तरिम राष्ट्रपति बनाउने प्रस्ताव राखेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस