राष्ट्रपतिद्वारा तीन देशमा राजदूत नियुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपतिद्वारा तीन देशमा राजदूत नियुक्त


२४ असार २०७९, शुक्रबार


काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार तीन देशका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले ओमान, साउदी अरेबिया र श्रीलङ्काका लागि नेपाली राजदूत नियुक्त गरेकी हुन् ।

ओमानका लागि नेपाली राजदूतमा डोरनाथ अर्याल, साउदी अरेबियाका लागि नेपाली राजदूतमा नवराज सुवेदी र श्रीलङ्काका लागि नेपाली राजदूतमा वासुदेव मिश्र नियुक्त भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस