मलाई लगाएको आरोप पूर्वाग्रहको पराकाष्ठा ! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मलाई लगाएको आरोप पूर्वाग्रहको पराकाष्ठा !


२२ असार २०७९, बुधबार


काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आफूलाई लगाइएको आरोप पूर्वाग्रहको पराकाष्ठा भएको बताएका छन् ।

उनले भने, ‘जे देखियो अहिले पूर्वाग्रहको पराकाष्ठा हो । सहमतिमा छानबिन समिति बन्यो । उहाँ (योगेश भट्टराई)ले आदेश जारी गर्नुभयो, फरमान जारी गर्नु । सैनिक नेतृत्व दोषी करार गर्नु भयो के यही हो लोकतन्त्र ? यो राजनीतिक पूर्वाग्रहको पराकाष्ठ हो ।’

त्यसअघि एमाले सांसद योगेश भट्टराईले अर्थमन्त्रीलाई पदमा बस्न नैतिक आधार नभएको बताए ।

यो रोस्ट्रमबाट आम नागरिकमा आह्वान गरियो । उनले भने, ‘राजीनामाको मागलाई सम्मान गर्छु । यो राजनीतिक प्रतिशोधबाट उठाएको विषयको सच्चाइमा पुगिँदैन । मैले बजेट निर्माण गर्दा कुनै पनि त्रुटि गरेको छैन । तोकिएको मापदण्डअनुसार बजेट निर्माण गरिएको छ ।’

उनले करको दरमा हेरफेर गर्ने विषयमा नीतिगत निर्देशन मात्रै दिएको हो । ‘राति ११ बजे मन्त्री निवास गएको र बिहान ६ बजे मन्त्रालय पुगेको हुँ । म मन्त्रालयमा पुग्दा अर्थ सचिव सोफामा पल्टिरहनुभएको थियो,’ शर्माले भने ।

उनले एउटा मात्रै नभएर हजारौँ छानबिनका लागि तयार रहेकोसमेत बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस