अर्थमन्त्रीको राजीनामा वा बर्खास्ती एमालेको बटमलाइन : भट्टराई « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अर्थमन्त्रीको राजीनामा वा बर्खास्ती एमालेको बटमलाइन : भट्टराई


२२ असार २०७९, बुधबार


काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले अर्थमन्त्रीले राजीनामा गर्नुपर्ने वा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने एमालेको बटमलाइन भएको बताएका छन् ।

आज (बुधबार) संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले बजेट निर्माण गर्दा बाह्य व्यक्ति प्रवेश गराएर राष्ट्रघाती काम गरिएको भन्दै अर्थमन्त्री पदमा रहिरहन नमिल्ने समेत बताए ।

उनले सरकारी डकुमेन्ट गायब बनाएको र सिसिटिभी फुटेज समेत मेटाइएकाले अर्थमन्त्रीको नियत खराब देखिएको तर्क गरे । उक्त घटनाका विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने आफूहरूको अर्को माग गरेको उनको भनाई छ । उनले छानबिन समिति गठन भए पनि अर्थमन्त्री पदमा बस्न नमिल्ने धारणा राखे ।

त्यस्तै उनले सिसिटिभी फुटेजलाई मेटाउने अर्थ मन्त्रालयका अन्य व्यक्तिलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस