बैतडीमा बलात्कार आरोपमा जनप्रतिनिधिसहित दुई जना पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बैतडीमा बलात्कार आरोपमा जनप्रतिनिधिसहित दुई जना पक्राउ


१५ असार २०७९, बुधबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लामा बलात्कार आरोपमा जनप्रतिनिधिसहित दुई जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार बलात्कार आरोपमा पक्राउ पर्नेमा मेलौली नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष शरदसिंह नेगी र सोही ठाउँ बस्ने केशव सिंह पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार पीडित महिलाले दिएको जाहेरीका आधारमा वडाध्यक्षसहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको छ ।

उनीहरु माथि जबरजस्ती करणी गरेको आरोप लागेको र पीडितको जाहेरीका आधारमा मंगलबार नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता जोशीले प्रशासन डट कमलाई बताए ।

अध्यक्ष नेगी गएको वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस