बजेटका विषयमा उठेका प्रश्नलाई लिएर राजीनामा दिन्न : अर्थमन्त्री शर्मा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बजेटका विषयमा उठेका प्रश्नलाई लिएर राजीनामा दिन्न : अर्थमन्त्री शर्मा


१३ असार २०७९, सोमबार


काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बजेटका विषयमा उठेका प्रश्नलाई लिएर राजीनामा नदिने बताएका छन् ।

बजेटमाथिको राष्ट्रियसभामा जारी छलफलमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिंदै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘बजेट केही मान्छेलाई अनैतिक लागेर मेरो राजीनामा माग गर्दैमा मैले राजनीनामा दिनु पर्दैन । मेरो निर्णयमा म जवाफदेही छु । बजेट जनता र देशको पक्षमा ल्याएका कारण केहीलाई अनैतिक लागेको हुनुपर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस