एकीकृत समाजवादीले बोलायो केन्द्रीय परिषद्को बैठक « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एकीकृत समाजवादीले बोलायो केन्द्रीय परिषद्को बैठक


७ असार २०७९, मंगलबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनको समीक्षा गर्न पार्टीको विभिन्न तीन तहको कमिटीको बैठक बोलाएको छ ।

मंगलबार केन्द्रीय कार्यालय आलोक नगरमा बसेको केन्द्रीय सचिवालयको बैठकले पोलिटब्युरो, केन्द्रीय कमिटी र केन्द्रीय परिषद्को बैठक तय गरेको हो ।

उपाध्यक्ष केशवलाल श्रेष्ठका अनुसार १० गते पोलिटब्युरो, ११ गते केन्द्रीय कमिटी र १३, १४ मा केन्द्रीय परिषद्को बैठक बोलाइएको छ।

केन्द्रीय परिषद्को बैठक भने एकीकृत समाजवादीले पहिलो पटक बोलाएको हो । पहिलो पटक बस्न लागेको केन्द्रीय परिषद् बैठकमा करिब १६ सयको उपस्थिति हुने छ ।

केन्द्रीय परिषद् बैठकमा स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य, केन्द्रीय कमिटी सदस्य, केन्द्रीय विभाग सदस्य, जेष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय सल्लाहार लगायतका सदस्य स्वतः सदस्य हुने व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस