हवाई सेवा हडताल गर्न नपाउने क्षेत्र हो भन्ने नभुल्न वायुसेवा कम्पनीलाई प्राधिकरणले दियो चेतावनी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

हवाई सेवा हडताल गर्न नपाउने क्षेत्र हो भन्ने नभुल्न वायुसेवा कम्पनीलाई प्राधिकरणले दियो चेतावनी


७ असार २०७९, मंगलबार


काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरूलाई हवाई उडान नरोक्न चेतावनी दिएको छ ।

मंगलबार पत्रकार सम्मेलन गर्दै वायुसेवा सञ्चालक सङ्घले बुधवारदेखि सबै उडान रोक्ने निर्णय सुनाएको थियो ।

सङ्घको निर्णय बाहिर आए लगत्तै प्राधिकरणले पनि पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भने, ‘धाक धम्की यहाँ चल्दैन, हवाई सुरक्षाका लागि प्राधिकरणले लिएका नियमहरू कार्यान्वयन गर्छ, हवाई क्षेत्र हडताल गर्न नपाइने क्षेत्र हो भन्ने कसैले पनि बिर्सनु हुँदैन ।’

यसअघि वायुसेवा कम्पनीलाई आफ्ना जहाजहरूको रात्रि बिसान काठमाडौँ बाहिरका विमानस्थलमा राख्न अनिवार्य गरिएपछि वायुसेवा कम्पनी आन्दोलित बनेका छन् ।

प्राधिकरणले भने कुनै पनि कम्पनीलाई लक्षित नभई सबै वायुसेवा कम्पनीलाई यो नियम ल्याइएको भन्दै कार्यान्वयन हुने बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस