२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजेट पूर्व तीन तहका सरकार, विज्ञ र स्थानीयसँग भरतपुर महानगरले गर्‍यो छलफल

अ+ अ-

काठमाडौँ। भरतपुर महानगरपालिकाले आगामी पाँच वर्षमा गर्ने कार्यका बारेमा तीन तहका सरकार, विज्ञ र स्थानीयसँग छलफल गरेको छ । आगामी आर्थिक वर्षको बजेट आउनुपूर्व गरिएको छलफलका सुझावलाई महानगरको नीति र बजेटमा नै समेट्ने गरी कार्यक्रम आयोजना गरिएको हो । 

भरतपुर महानगरपालिकाले शुक्रबार दिनभर गरेको समृद्ध भरतपुर महानगरको आगामी कार्यदिशा विषयक छलफलमा पूर्वप्रधानमन्त्री, सङ्घीयमन्त्री, सङ्घीय मन्त्रालयका सचिव, महानिर्देशक, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, प्रदेशका मुख्य मन्त्री, मन्त्री, प्रदेश योजना आयोगका उपाध्यक्ष, विज्ञ तथा स्थानीयको सहभागिता थियो । स्थानीय र विज्ञका सुझाव सहित नेतृत्वमा रहेकाको आश्वासन सो अवसरमा आएका थिए । 

अघिल्लो कार्यकालमा झिनो मतान्तरबाट निर्वाचित भएकी महानगर प्रमुख रेनु दाहालले आफ्नो दोस्रो कार्यकालमा अत्याधिक मतका साथ विजयी भएपछि थपिएको चुनौतीलाई सामना गर्ने उद्देश्यले बजेट पूर्व बृहत् छलफल गरिएको हो । 

छलफलमा सहभागी हुन काठमाडौँबाट आएका पूर्वप्रधानमन्त्री, मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सचिव, महानिर्देशक र कार्यकारी निर्देशकले आफू मातहतका निकायमार्फत महानगरको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । सो अवसरमा उनीहरू र स्थानीयस्तरका बुद्धिजीवीले महानगरलाई सुझाव दिएका थिए । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकै उपस्थितिमा ती प्रतिबद्धता सार्वजनिक भएका हुन् । भरतपुर महानगरपालिकाले नीति तथा कार्यक्रम र बजेट यही असार १० गते ल्याउँदै छ ।  

प्रमुख दाहालले तीन तहका सरकार, विज्ञ, स्थानीय सरोकारवालाको सहभागितामा गरिएको कार्यक्रममा प्राप्त भएका सुझावलाई नीति तथा कार्यक्रम र बजेटमा समावेश गरेर अघि बढ्ने बताइन् । 

विगतमा भएका उपलब्धिको समीक्षा गर्दै राम्रो कामलाई संस्थागतरुपमा अघि बढाउने र कमीकमजोरीलाई शिक्षाका रुपमा लिएर अघि बढ्ने उनको भनाइ छ । महानगरले विगतदेखि सञ्चालनमा रहेका महत्त्वपूर्ण आयोजना सम्पन्न गर्ने र नयाँ आयोजना अघि बढाउने गरी छलफल चलाइएको उनले बताइन् । 

दाहालले आफ्नो निर्वाचनको समयमा घोषणापत्रमा समावेश गरिएका महत्त्वपूर्ण कार्यक्रमलाई आउँदो वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने गरी योजना अघि सारेकी छन् । यस अघि महत्त्वाकाङ्क्षी भनिएका आयोजना निकै जोडबलका साथ अघि बढेपछि दाहाललाई थप ऊर्जा प्राप्त भएको छ ।

महानगरका उपप्रमुख चित्रसेन अधिकारीले देशका प्रबुद्ध व्यक्तित्वको सुझावलाई आत्मसात् गर्दै बजेट निर्माण गर्ने बताए । कतिपय विषयलाई अहिलेकै बजेटमा समेट्न सकिने भन्दै उनले कतिपय योजना बहुवर्षीयरुपमा अघि बढाउनुपर्ने रहेको बताए । 

प्रतिक्रिया दिनुहोस