संसदमा अर्थमन्त्रीको भूमिकामाथि प्रश्न , छानबिन गर्न माग « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

संसदमा अर्थमन्त्रीको भूमिकामाथि प्रश्न , छानबिन गर्न माग


३० जेष्ठ २०७९, सोमबार


काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माको भूमिकामाथि प्रश्न उठेको छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत रुपमा एक पूर्व कर्मचारीलाई सहभागी गराएको विषय बाहिर आएपछि संसदमा प्रश्न उठेको हो ।

सांसद महेश बस्नेतले अर्थमन्त्रीको विषयमा प्रश्न उठेको भन्दै छानबिनको माग समेत गरे । उनले भने, ‘आज मात्रै हामीले समाचार सुन्यौँ । अर्थमन्त्रीज्यूले भन्सारका दर रेटहरू र करका दर रेटहरू परिवर्तन गर्न अघिल्लो दिन राति एक जना पूर्व सुब्बालाई ल्याएर गडबडी गर्नुभयो । वायर कारखानादेखि लिएर सेनेटरी प्याड सबै कुरामा तमाम दर रेटहरू खारेज गरेर अर्थमन्त्रीज्यूले नियमित कमिसन खाने योजना बनाउनुभयो भन्ने कुरा सुन्यौँ ।’

सांसद बस्नेतले नीतिगत सुधारदेखि मन्त्रीहरुको व्यवहार परिवर्तन हुन जरुरी रहेको बताए ।

सिमेन्ट र रडमा महिनाको ३० करोड विद्युत् तिर्ने कारखानालाई १५ प्रतिशत छुट दिएर एक मुष्ट करोडौँ रकम आम्दानी लिने कुरा बाहिर आएको भन्दै उनले अर्थमन्त्रीको भूमिकामाथि प्रश्न गरे।

उनले भने, ‘सिमेन्ट र रडमा महिनाको ३० करोड विद्युत् तिर्ने कारखानाहरुलाई १५ प्रतिशत छुट दिने कुराले एक मुष्ट करोडौँ रकम आम्दानी लिएको कुरा, महिनाको ३७ लाख रुपैयाँ नियमित लिएको कुरा पनि आएको छ । रोम जलिरहेछ निरोहरु बाँसुरी बजाइरहेछन् भन्ने कुरा देखिरहेका छौँ । यो विषय छानबिन हुनुपर्छ । ’

Tags :
प्रतिक्रिया दिनुहोस