सामान्य प्रशासन मन्त्री श्रेष्ठमाथि कार्यकक्षमै हातपात प्रयास, सांसदले टेबुल ठोक्दा केही बेर तनाव « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सामान्य प्रशासन मन्त्री श्रेष्ठमाथि कार्यकक्षमै हातपात प्रयास, सांसदले टेबुल ठोक्दा केही बेर तनाव


२६ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठमाथि सिंहदरवारस्थित मन्त्री कक्षमै हातपात प्रयास भएको छ । जसपाका सांसद रामबाबु यादवले टेबुल ठोक्दै मन्त्री श्रेष्ठमाथि हातपातको प्रयास गरेका हुन् ।

बिहीबार मन्त्रीको कार्यकक्षमा पुगेका सांसद यादव आफ्नो क्षेत्रमा बजेट नहालेको भन्दै टेबुल ठोक्दै मन्त्रीमाथि जाई लागेका हुन् । टेबुल ठोक्दै उठेपछि उनका पिए र पिएसओले बचाउ गरेका थिए ।

मन्त्री श्रेष्ठका स्वकीय सचिव सुरज महर्जनले भने मन्त्रीमाथि हातपात भएको नभई चर्काचर्की मात्र भएको बताए । ‘चर्काचर्की मात्र भएको हो, हात हालाहाल भएको भन्ने कुरा हल्ला मात्र हो ।’ उनले भने, ‘टेबुल ठोक्दा पानी भने पोखिएको हो ।’

Tags :
प्रतिक्रिया दिनुहोस