२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यू-१९ टी-ट्वान्टी विश्वकप छनोट : आयोजक मलेसियाविरुद्ध नेपाल २५ रनले विजयी 

अ+ अ-

काठमाडौँ । आइसिसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले आयोजक मलेसियालाई २५ रनले पराजित गरेको छ। 

मलेसियामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ८६ रन बनाएको थियो। नेपालका लागि अञ्जलि विश्वकर्माले सर्वाधिक ३३ रन जोडिन्। यस्तै आश्मा पुलामी मगरले २६ रन बनाइन्। अन्य चार खेलाडीले दोहोरो अङ्क बनाउन सकेनन्।

८७ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको मलेसियाले निर्धारित ओभरमा चार  विकेट गुमाएर ६१ रन मात्र बनाउन सक्यो। मलेसियाका लागि एलिसा हन्टरले २८ रन बनाउनु बाहेक अन्य कुनै खेलाडीले दोहोरो अङ्क छुन सकेनन्। 

बलिङमा नेपालकी कृतिका मरासिनीले २ तथा मनीषा कुमारी उपाध्यायले एक विकेट लिए।  नेपालको विश्वकप सपना भने समाप्त भइसकेको छ। तर, नेपालले आज मलेसियालाई हराएर छनोटमा सुखद अन्त्य गरेको छ। 

नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो। दोस्रो खेलमा ८ रनमा अलआउट भएको नेपाल युएईसँग १० विकेटले पराजित भएको थियो। तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले हराएको थियो। चौथो खेलमा नेपाल थाइल्याण्डसँग ४९ रनले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस