सर्वेक्षक र अमिन विरुद्ध भ्रष्टाचार मुद्दा दायर « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सर्वेक्षक र अमिन विरुद्ध भ्रष्टाचार मुद्दा दायर


२३ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा सर्वेक्षक विनोद के.सी. र अमिन प्रकाश राज भट्टविरुद्ध विशेष अदालत काठमाडौँमा सोमबार मुद्दा दायर गरेको छ ।

जग्गाको हालसाबिक गर्ने क्रममा एक लाख रुपैयाँ घुस लिएको भन्दै नापी कार्यालय, चाबहिल १ नं. नापी टोली, बुढानीलकण्ठमा कार्यरत सर्वेक्षक के.सी. र अमिन भट्टविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।

जग्गाको हालसाबिक गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले २०७८ चैत २२ गते उनीहरूलाई नियन्त्रणमा थियो ।

अनुसन्धानको क्रममा केसी र भट्टले घुस लिएको देखिएकोले उनीहरू विरुद्ध मुद्दा दायर गरिएको भण्डारीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस