मन्त्रिपरिषद्को बैठक बस्दै, सचिव बढुवाको निर्णय हुँदै « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

मन्त्रिपरिषद्को बैठक बस्दै, सचिव बढुवाको निर्णय हुँदै


२३ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक दिउँसो ४ बजे बालुवाटारमा बोलाइएको छ ।

बैठकमा एक प्राविधिक सचिवको बढुवालगायत मन्त्रालयका नियमित एजेन्डाबारे छलफल हुने बालुवाटार स्रोतले प्रशासनलाई जानकारी दिएको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा जेठ १२ गते बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक सहसचिवत्रय सर्जु कुमार वैद्य, राम आधार साह र विश्वबाबु पुडासैनीको नाम सिफारिस गरेको थियो ।

सम्बन्धित समाचार : सचिवका लागि तीन सहसचिवको नाम सिफारिस

सिफारिस भइसकेपछि दुई पटक मन्त्रिपरिषद्को बैठक बसे पनि अन्य महत्त्वपूर्ण एजेन्डाहरूका कारण यसबारे निर्णय हुन सकेको थिएन ।

सम्बन्धित समाचार : सचिव बढुवाका लागि चलखेल तीव्र स् नेता समाउँदै, शक्तिकेन्द्र धाउँदै

सरकारले नियमित प्रक्रियाअनुसार पहिलो नम्बरकालाई सचिव बढुवा सिफारिस गरेको अवस्थामा वैद्य सचिव हुनेछन् अन्य अवस्थामा शाह र पुडासैनी आउन सक्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस