सचिवका लागि तीन सहसचिवको नाम सिफारिस « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सचिवका लागि तीन सहसचिवको नाम सिफारिस


१२ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले एक सचिव(विशिष्ट श्रेणी) पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बिहिवार बसेको बढुवा सिफारिस समितिको बैठकले प्राबिधिक सहसचिवत्रय सर्जु कुमार वैद्य, राम आधार साह र विश्वबाबु पुडासैनीको नाम सिफारिस गरेको हो ।

पहिलो नम्बरमा सिफारिस भएका वैद्य जल तथा ऊर्जा आयोगमा कार्यरत छन् भने दोस्रो नम्बरमा सिफारिस साह शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र तेस्रो नम्बरका पुडासैनी बागमती प्रदेशको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रदेश सचिवमा कार्यरत छन् । 

अब बस्ने मन्त्रिपरिषद्को बैठकले तीन जनामध्ये एकलाई सचिवमा बढुवा गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस