किसान पेन्सन हावादारी कार्यक्रम हो : त्रिपाठी « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

किसान पेन्सन हावादारी कार्यक्रम हो : त्रिपाठी


१८ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले सरकारले बजेटमार्फत घोषणा गरेको किसान पेन्सन कार्यक्रमलाई हावादारी भनेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथि धारणा राख्ने क्रममा उनले किसानलाई के आधारमा पेन्सन दिने भन्ने नै नखुलेको भन्दै हावादारी कार्यक्रम भनेका हुन् ।

उनले प्रश्न गरे, ‘योगदानको आधारमा किसानलाई पेन्सन भनेको के हावादारी कुरा हो ? यदि कृषि उपजको बीमाको कुरा भएको भए कुरा बुझिन्थ्यो, पेन्सन प्राप्त गर्ने के मोडालिटी हुन्छ ? अर्थमन्त्रालयले कसले भनेर राख्दियो ?’

नेपाली किसानलाई खेतमा पानी, समयमा मल र उम्रिने बिउ भए पुग्ने भन्दै उनले यसै वर्ष धान खेतीमा राख्ने मल अभाव हुनेतर्फ भने सरकार सचेत नरहेको बताए ।

सुन्निनु र मोटाउनु फरक कुरा हो भन्दै नेता त्रिपाठीले अहिलेको बजेट सुन्निएको देखिएको बताए । उनले भने, ‘यो बजेट धेरै ठाउँमा सुन्निएको छ, सुन्निनु रोगको लक्षण हो ।’

Tags :
प्रतिक्रिया दिनुहोस