अधिकृत छाडेर मेयरमा प्रतिस्पर्धा गरेका गिरी हारेको एक सातामै फेरी अधिकृत ! « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अधिकृत छाडेर मेयरमा प्रतिस्पर्धा गरेका गिरी हारेको एक सातामै फेरी अधिकृत !


१८ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । नेपाल बिद्युत् प्राधिकरणमा अधिकृत तहको जागिर छाडेर काभ्रेको बनेपा नगरपालिकाको मेयर पदमा उठेका कञ्चनराज गिरी फेरि अधिकृत बनेका छन् ।

निर्वाचनमा पराजित भएसँगै हुँदाखाँदाको सरकारी जागिर छाडेर राजनीतिमा लागेको भन्दै आलोचना खेपेका गिरीले नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान(नाथम)मा अधिकृत तहमा नाम निकालेका हुन् ।

गतवर्ष नै दिएको परीक्षामा पहिलो नम्बरमा नाम निकालेपछि फेरि सरकारी अधिकृत भएका उनले नियुक्त पत्र बुझेर काम नै शुरु गरिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस