२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वअर्थमन्त्री पाण्डेको प्रश्न : चार महिनामा १८ खर्ब कसरी खर्च गर्न सक्नुहुन्छ ?

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले ल्याएको झण्डै १८ खर्बको बजेट कार्यान्वयन हुने सम्भावना नै नरहेको बताएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै पाण्डेले आगामी वर्ष चुनावी वर्ष समेत भएकाले जम्मा चार महिना मात्रै काम हुने अवस्थामा सरकारले विनियोजन गरेको बजेट खर्च हुनसक्ने सम्भावना नरहेको दाबी गरे ।

साउनदेखि बजेट कार्यान्वयनमा जान्छ । साउन–भदौ वर्षा लाग्छ । त्यसपछि चाडबाडको समय सुरु हुन्छ । त्यसलगत्तै मंसिरमा चुनाव हुन्छ । अनि काम गर्ने समय जम्मा जम्मी चार महिनामा १८ अर्ब खर्च गर्नुहुन्छ ? सम्भव छ ?’, पाण्डेले अर्थमन्त्रीलाई प्रश्न गरे ।

साथै उनले मुलुकको समस्या एकातिर र बजेट अर्कोतिर फर्केको भन्दै बजेटले मुलुकको समस्या थप गहिर्‍याउने र चर्काउने दाबी गरे ।
‘सङ्कट एकातिर छ, उपचार अर्कोतिर छ, बजेट अर्कोतिर फर्केको छ । यसकारण यो बजेटले समस्याको समाधान दिने होइन कि समस्यालाई गहिर्‍याउने छ, चर्काउने छ । अर्को वर्षदेखि समस्यामा चर्को छलफल हुनुपर्ने म देख्दैछु । यस्तो नहोस्’, उनले भने।

पाण्डेले बजेटमा रहेको ‘भायवलिटी ग्याप फण्डिङ’ गम्भीर समस्या हुनसक्ने पनि बताए । उनले त्यस्तो अवस्था आए सरकारले त्यसरी पैसा दिन नसक्ने बताए ।

पाण्डेले ओरियन्ट म्याग्नेसाडको सम्झौताको उदाहरण दिँदै उक्त सम्झौताको भार अहिले पनि सरकारले बेहोरिरहेको बताए ।
‘आज पनि त्यहाँ काम गर्नेको तलब सरकारले दिइरहेको छ । कतै यही दिन त आउने होइन रु तपाईँ जुन बेला सरकारमा हुनुहुन्छ । तपाईँको समय कति रु’, पाण्डेको प्रश्न छ । नेता पाण्डेले बृद्धभत्ता पाउने उमेर घटाएकोमा पनि सरकारको कटाक्ष गरे ।

‘वृद्धभत्ता ६८ वर्ष झार्‍यौँ , जतिसुकै गरेपनि वृद्धभत्ता एमालेको ब्रान्डजस्तो हो’, पाण्डेले भने, ‘तपाई ६८ वर्षमा झार्नुस् कि ५८ मा, केही फरक पर्दैन ।’ पाण्डेले जनयुद्धको एमालेले दाबी गर्न नसक्ने भन्दै त्यसैगरी वृद्धभत्ता एमालेकै ब्राण्ड भएको दाबी गरे ।

उनले सरकारले वृद्धभत्ता ५ हजार बनाएको भए के बिग्रन्थ्यो भन्दै प्रश्न पनि गरेका छन् ।