पूर्वअर्थमन्त्री पाण्डेको प्रश्न : चार महिनामा १८ खर्ब कसरी खर्च गर्न सक्नुहुन्छ ? « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

पूर्वअर्थमन्त्री पाण्डेको प्रश्न : चार महिनामा १८ खर्ब कसरी खर्च गर्न सक्नुहुन्छ ?


१८ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले ल्याएको झण्डै १८ खर्बको बजेट कार्यान्वयन हुने सम्भावना नै नरहेको बताएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै पाण्डेले आगामी वर्ष चुनावी वर्ष समेत भएकाले जम्मा चार महिना मात्रै काम हुने अवस्थामा सरकारले विनियोजन गरेको बजेट खर्च हुनसक्ने सम्भावना नरहेको दाबी गरे ।

साउनदेखि बजेट कार्यान्वयनमा जान्छ । साउन–भदौ वर्षा लाग्छ । त्यसपछि चाडबाडको समय सुरु हुन्छ । त्यसलगत्तै मंसिरमा चुनाव हुन्छ । अनि काम गर्ने समय जम्मा जम्मी चार महिनामा १८ अर्ब खर्च गर्नुहुन्छ ? सम्भव छ ?’, पाण्डेले अर्थमन्त्रीलाई प्रश्न गरे ।

साथै उनले मुलुकको समस्या एकातिर र बजेट अर्कोतिर फर्केको भन्दै बजेटले मुलुकको समस्या थप गहिर्‍याउने र चर्काउने दाबी गरे ।
‘सङ्कट एकातिर छ, उपचार अर्कोतिर छ, बजेट अर्कोतिर फर्केको छ । यसकारण यो बजेटले समस्याको समाधान दिने होइन कि समस्यालाई गहिर्‍याउने छ, चर्काउने छ । अर्को वर्षदेखि समस्यामा चर्को छलफल हुनुपर्ने म देख्दैछु । यस्तो नहोस्’, उनले भने।

पाण्डेले बजेटमा रहेको ‘भायवलिटी ग्याप फण्डिङ’ गम्भीर समस्या हुनसक्ने पनि बताए । उनले त्यस्तो अवस्था आए सरकारले त्यसरी पैसा दिन नसक्ने बताए ।

पाण्डेले ओरियन्ट म्याग्नेसाडको सम्झौताको उदाहरण दिँदै उक्त सम्झौताको भार अहिले पनि सरकारले बेहोरिरहेको बताए ।
‘आज पनि त्यहाँ काम गर्नेको तलब सरकारले दिइरहेको छ । कतै यही दिन त आउने होइन रु तपाईँ जुन बेला सरकारमा हुनुहुन्छ । तपाईँको समय कति रु’, पाण्डेको प्रश्न छ । नेता पाण्डेले बृद्धभत्ता पाउने उमेर घटाएकोमा पनि सरकारको कटाक्ष गरे ।

‘वृद्धभत्ता ६८ वर्ष झार्‍यौँ , जतिसुकै गरेपनि वृद्धभत्ता एमालेको ब्रान्डजस्तो हो’, पाण्डेले भने, ‘तपाई ६८ वर्षमा झार्नुस् कि ५८ मा, केही फरक पर्दैन ।’ पाण्डेले जनयुद्धको एमालेले दाबी गर्न नसक्ने भन्दै त्यसैगरी वृद्धभत्ता एमालेकै ब्राण्ड भएको दाबी गरे ।

उनले सरकारले वृद्धभत्ता ५ हजार बनाएको भए के बिग्रन्थ्यो भन्दै प्रश्न पनि गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस