काठमाडौँ महानगरका मेयर र उपमेयरको शपथ आज « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

काठमाडौँ महानगरका मेयर र उपमेयरको शपथ आज


१६ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डङ्गोल सहितका जनप्रतिनिधिहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।

आज बिहान ११ बजे राष्ट्रिय सभागृहमा शपथ ग्रहणको कार्यक्रम राखिएको छ । महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले काठमाडौँ महानगरका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले मेयर साहलाई आज शपथ ग्रहण गराउने जानकारी दिए ।

त्यसपछि मेयर साहले उपमेयर, वडा अध्यक्ष र सदस्यहरूलाई शपथ ग्रहण गराउने छन् । सूचना अधिकारी आचार्यका अनुसार मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरू सबैको शपथ ग्रहण राष्ट्रिय सभागृहमा हुनेछ ।

त्यसलगत्तै मेयर साह र उपमेयर डङ्गोलले पदभार ग्रहण गर्ने कार्यक्रम छ । त्यसपछि बोर्ड बैठक बसेर मेयर साहले पहिलो निर्णयमा हस्ताक्षर गर्ने सूचना अधिकारी आचार्यले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस