बनेपामा एमाले जनप्रतिनिधिद्वारा शपथ ग्रहण कार्यक्रम बहिष्कार « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बनेपामा एमाले जनप्रतिनिधिद्वारा शपथ ग्रहण कार्यक्रम बहिष्कार


८ जेष्ठ २०७९, आइतबार


काभ्रे । बनेपा नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिको शपथ ग्रहण कार्यक्रम नेकपा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेका छन् ।

शपथ ग्रहण कार्यक्रम आफूहरूसँग सल्लाह नगरी गरिएकाले बहिष्कार गरेको नवनिर्वाचित उपप्रमुख विमला सापकोटा दाहालले जानकारी दिइन् ।

१४ वडा रहेको बनेपामा काँग्रेसले प्रमुख सहित ६ वडा अध्यक्ष सहित २९, एमालेका उपप्रमुख, ७ वडाध्यक्षसहित ३८ जनप्रतिनिधि निर्वाचित भएका छन् ।

एकीकृत समाजवादीका १ वडाध्यक्षसहित ५ जनप्रतिनिधि निर्वाचित छन् ।

नगरप्रमुखमा निर्वाचित शाक्यले मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईसँग शपथ लिएका छन् । शाक्यले निर्वाचित जनप्रतिनिधिहरूलाई शपथ खुवाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस