काठमाडौँमा बालेनको अग्रता झनै बढ्यो, केशव र सिर्जनाको तीव्र प्रतिस्पर्धा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काठमाडौँमा बालेनको अग्रता झनै बढ्यो, केशव र सिर्जनाको तीव्र प्रतिस्पर्धा


७ जेष्ठ २०७९, शनिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाह निरन्तर अगाडि बढेका छन्।

बालेनले हाल ३३ हजार २६० मत ल्याएका छन्। उनले नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई १५ हजार ५६८ मतान्तरले पछि पारेका छन्। स्थापितले १७ हजार ६ सय ९२ मत ल्याएका छन्।

यस्तै नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले १७ हजार ५ सय ७९ मत ल्याएर तेस्रो स्थानमा छन्। केशव र सिर्जनाको मतान्तर ११३ रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस