सरकारद्वारा स्थानीय चुनावमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई धन्यवाद « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सरकारद्वारा स्थानीय चुनावमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई धन्यवाद


५ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । सरकारले स्थानीय तह सदस्य निर्वाचनमा खटिएका सम्पूर्ण सुरक्षाकर्मी र कर्मचारीहरूलाई धन्यवाद दिएको छ ।

वैशाख ३० गते देशभर एकै चोटि भएको स्थानीय तह निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरूको सहयोग अतुलनीय भएको भन्दै सरकारले धन्यवाद दिएको हो ।

बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकमा सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले निर्वाचनमा खटिएका सम्पूर्ण सुरक्षाकर्मी र कर्मचारीहरूलाई धन्यवाद दिएको गृह मन्त्रालयका सहसचिव फणीन्द्रमणि पोखरेलले जानकारी दिए ।

बैठकमा गृहमन्त्री खाँणले निर्वाचनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरे भने मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस