२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तह निर्वाचन : डोटीमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल

अ+ अ-

डोटी । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि डोटीमा नेकपा (माओवादी केन्द्र) र (एकीकृत समाजवादी) बीच तालमेल गर्ने सहमति भएको छ ।

दुई नगरपालिका र सात गाउँपालिकासहित नौ वटा स्थानीय तह रहेको डोटीमा नेकपा माओवादी केन्द्रले दिपायल सिलगढी नगरपालिका, सायल, आदर्श, केआइसिंह तथा बोगटान फुड्सिल गाउँपालिका गरी पाँच स्थानीय तह लिएको छ भने एकीकृत समाजवादीले शिखर नगरपालिका, जोरायल, बडिकेदार, पूर्वीचौकी गाउँपालिका गरी चार स्थानीय तह लिएको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिए।

यसअघि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र तथा एकीकृत समाजवादीबीच गठबन्धन गर्ने निर्णय गरिएको भए पनि काँग्रेस कार्यकर्ताको विरोधपछि अहिले माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन भएको माओवादी केन्द्रका डोटी जिल्ला अध्यक्ष शिवसिंह ओलीले बताए।

उनले भने, ‘सत्तारुढ दलबीच गठबन्धनका लागि गए राति सहमति भएको थियो, काँग्रेसका जिल्ला तहका नेता कार्यकर्ताले नमान्दा काँग्रेससँग सहमति भएन हामी दुई समाजवादी र माओवादीले गठबन्धन गरेर जाने निर्णय गर्‍यौँ ।’

डोटीमा नेकपा माओवादी केन्द्र तथा एकीकृत समाजवादीबीच सहमति भएपछि आफूले पाएका स्थानीय तहमा आजै उम्मेदवारी दर्ता गर्ने तयारी भएको एकीकृत समाजवादीका डोटी उपाध्यक्ष शिवराज खड्काले जानकारी दिए ।

उता सत्तारुढ दल नेपाली काँग्रेस भने डोटीमा एक्लै चुनावमा जाने भएको छ । डोटीमा काँग्रेस एकलरुपमा निर्वाचन जाने र नौ वटै स्थानीय तहका लागि आजै उम्मेदवारी दिइने काँग्रेस जिल्ला सभापति नरेन्द्रबहादुर सिंहले बताए ।

उनले भने, ‘काँग्रेस, माओवादी र एकीकृत समाजवादीबीच गठबन्धनका लागि निकै प्रयास गरेका थियौँ, विविध कारणले सहमति हुन सकेन, हामी एक्लै निर्वाचनमा जान्छौँ ।’

प्रतिक्रिया दिनुहोस