५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भुटानी शरणार्थी प्रकरणको अनुसन्धान कहाँ पुग्यो ? भन्दै सांसद सिंहले संसदमा उठाए प्रश्न

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले भुटानी शरणार्थी प्रकरणको कारण बनेको सरकारले अनुसन्धान प्रभावित बनाएको आरोप लगाएका छन् ।

प्रतिनिधि सभामा सोमबारबाट सुरु भएको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै स्वतन्त्र सांसद सिंहले सुशासनको कुरा कागजमा नभई व्यवहारमा देखिनु पर्ने बताए ।

‘भुटानी शरणार्थी प्रकरणको कारणले यो सरकार बनेको थियो । मैले सदनको यही हलमा सर्ट खोलेर प्रदर्शन गर्दै अनुसन्धानको माग गरेको थिएँ । अहिले त्यो अनुसन्धान कहाँ पुग्यो रु’ सांसद सिंहले थप प्रश्न गरे, ‘वाइडबडी, टेरामक्स काण्डको अनुसन्धान कहाँ पुग्यो ?’

वर्तमान सरकारले विदेशीसँग ऋण लिएर भ्रष्टाचार गरिरहेको बताएका उनले सरकारमा बस्नेहरूमा सत्ताउन्माद बढेको चर्चा गरे ।

उनले वर्तमान सरकार गठन भएदेखि नै साना दल, जनजाति, दलित, महिला, मधेशीमाथि चुनौती बढेको जिकिर गरे । ‘दुई तिहाइको सरकार नांगो हिँडिरहेको छ । यो सरकार बनेदेखि नै साना दलमाथि चुनौती बनेको छ । जनजाति, दलित, महिला, मधेशीलाई समाप्त गर्न सरकार लागि परेको छ ।’

उनले शिक्षा, स्वास्थ्य र सडक ध्वस्त हुँदा पनि सरकारको प्राथमिकता पानीजहाज र रेलमा परेको भन्दै गुनासो गरे ।

‘अहिले पानीजहाज आवश्यक छैन । रेलको आवश्यकता छैन । आवश्यक परेको सडक हो । तर, सडक बनाउनेतिर सरकारको ध्यान छैन,’ उनले थपे, ‘सरकारले बिचौलिया प्रदा गरेको छ । कामकारबाहीमा दलालतन्त्र प्रदा गरेको छ ।’

स्वदेशमा विद्यार्थी रोक्न नसक्ने सरकार नयाँ-नयाँ विश्वविद्यालय खोल्न र आफ्ना मान्छेलाई भीसी, रेक्टर बनाउन तल्लीन रहेको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस