५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिम र उत्तरप्रदेशका मुख्यमन्त्रीबीच भेटवार्ता

अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन् ।

भारत भ्रमणमा रहेका मुख्यमन्त्री शाह र आदित्यनाथबीच उत्तरप्रदेशका मुख्यमन्त्रीको लखनउस्थित सरकारी निवास भेटवार्ता भएको हो ।

मुख्यमन्त्री आदित्यनाथले सामाजिक सञ्जालमार्फत भेटवार्ताबारे जानकारी गराएका छन् ।

‘आज लखनउस्थित सरकारी निवासमा नेपालको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र प्रतिनिधिमण्डलसँग शिष्टाचार भेट भयो,’ उनले लेखेका छन् ।

शाह नेतृत्वको प्रतिनिधिमण्डल गत मंगलबार काठमाडौँबाट एक साता लामो भ्रमणका लागि भारतको नयाँ दिल्ली प्रस्थान गरेको थियो ।

भ्रमण टोलीमा सुदूरपश्चिम प्रदेशका मन्त्रीहरू, प्रदेश सभा सदस्यहरू, मुख्यसचिव, सचिव र सचिवालयका केही सदस्य सहभागी छन् । टोली सोमबार नै लखनउबाट स्थलमार्ग हुँदै कैलाली फर्किनेछ ।

मुख्यमन्त्री शाहले नेपालमै पहिलो पटक भारत सरकारको औपचारिक निमन्त्रणामा प्रदेश सरकारको टोली भ्रमणमा गएका हुन् ।

दिल्लीमा रहँदा उनले दिल्लीमा संघीय मन्त्रीहरूसँग भेटघाट गरेका थिए भने विवेकानन्द अन्तर्राष्ट्रिय फाउण्डेसन संघसँगको अन्तरक्रियामा भाग लिएका थिए ।

प्रतिनिधि मण्डलले साताव्यापी भ्रमणको दौरान भारतीय कृषि अनुसन्धान संस्थाको अवलोकन भ्रमण, अयोध्याको धार्मिक पर्यटकीय क्षेत्रको भ्रमण, देहरादुनका कृषि क्षेत्र सहित पर्यटकीय क्षेत्रको भ्रमण गरेको भ्रमण टोलीका एक सदस्यले जानकारी दिए ।

भ्रमण टोलीमा प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी, नेकपा एकीकृत समाजवादी पार्टीका प्रमुख सचेतक नरेशकुमार शाही छन् ।

यसैगरी, नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य झपटबहादुर साउद, नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारी, प्रदेशका मुख्यसचिव डा। कमलप्रसाद पोखरेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बम, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा. जितु उपाध्याय र स्वकीय सचिव रामबहादुर विष्ट छन् ।

प्रतिक्रिया दिनुहोस