२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपसचिव राजीनामा दिएर मेयरमा उम्मेदवारी

अ+ अ-

काठमाडौँ । नेपाल सरकारका उपसचिव विष्णुप्रसाद भुसालले मेयरको उम्मेदवारी दिन पदबाट राजीनामा दिएका छन् । यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसबाट पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा मेयर पदमा उम्मेदवार बन्न भुसालले उपसचिव पदबाट राजीनामा दिएका हुन् ।

सङ्घीय मन्त्रालयमा कार्यरत भुसालले शुक्रवार आफूले उपसचिवबाट राजीनामा दिएर चुनावी तयारीमा होमिएको जानकारी दिए । २२ वर्ष निजामती सेवामा बिताएका भुसाल ९ वर्षदेखि उपसचिव पदमा कार्यरत रहँदै आएका थिए ।

‘स्थानीय विकास अधिकृत, कार्यकारी अधिकृत र प्रमुख प्रशासकीय अधिकृतमा गरी १२ वर्षको स्थानीय तहको अनुभव छ’ भुसालले भने, ‘जिल्ला विकास समिति, महानगरपालिका, नगरपालिका गरी ६ वटा स्थानीय निकायमा नै प्रशासनबाट काम गरेकोले अब राजनीतिमा पनि अवसर पाएको अवस्थामा नमुना पालिका बनाउन सकिन्छ कि भन्ने छ’

नेपाली काङ्ग्रेसबाट उम्मेदवार हुन लागेका भुसाल देवचुली नगरपालिकाका स्थायी बासिन्दा हुन् । निजामतीमा आउनुअघि गाउँमा टिचिङसमेत गरेका उनी यसअघि त्यही नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमासमेत काम गरी सकेका छन् । २०७५ देखि २०७७ को बिचमा करिब डेढ वर्ष उनले त्यहाँ काम गरेका थिए ।

स्थानीय मतदाताको आग्रहअनुसार उपसचिवबाट राजीनामा दिएर पार्टी राजनीतिमा आएको बताएका उनले आफ्नो अध्ययनको विषय पनि विकास प्रशासन नै भएको र अनुभवसमेतका आधारमा धेरै काम गर्न सकिने बताए ।

५५ सालअघि साबिकको देवचुली गाउँ कमिटीको काँग्रेस सभापति रहेका भुसाल लोक सेवा पास गरेर निजामतीमा प्रवेश गरेका थिए । यसअघिको निर्वाचनमा देवचुली नगरपालिकामा मेयरसहित बहुमत काँग्रेसले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस