जन्ती बोकेको टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु, २४ घाइते « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

जन्ती बोकेको टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु, २४ घाइते


३० फाल्गुन २०७८, सोमबार


काठमाडौँ । सिन्धुलीमा जन्ती सवार टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । २४ जना घाइते भएका छन् ।

दुर्घटनामा उदयपुरको कटारी नगरपालिका–२ का १९ वर्षीय दीपेन्द्र कुमर र २४ वर्षीय अजय दनुवारको उपचारका क्रममा जिल्ला अस्पताल सिन्धुलीमा मृत्यु भएको हो ।

बाणेगाउँबाट कटारीतर्फ जाँदै गरेको ना ३ ख ७४९० नम्बरको टिपर दुधौली नगरपालिका–५ ठाकुर खोला ३ नम्बर पुलस्थित सडकमा आइतबार राति दुर्घटना भएको थियो ।

दुर्घटनामा अन्य ४ जना गम्भीर छन् । उनीहरूलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । अन्य घाइतेहरूको विराटनगर, कटारी र सिन्धुलीका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बेहुला–बेहुली भने अर्कै गाडीमा थिए । टिपर चालकलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नियन्त्रणमा लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस