निर्वाचनका लागि बजेट व्यवस्थापन गर्न चुनौतीपूर्ण हुने « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

निर्वाचनका लागि बजेट व्यवस्थापन गर्न चुनौतीपूर्ण हुने


२७ माघ २०७८, बिहिबार


काठमाडौँ । आगामी निर्वाचनका लागि बजेट व्यवस्थापन गर्न चुनौतीपूर्ण हुने अर्थ मन्त्रालयले जनाएको छ ।

आज (बिहीबार) अर्थ मन्त्रालयमा आयोजित चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी चुनावको खर्च व्यवस्थापनका लागि स्रोत खोज्न समस्या हुने बताएका हुन् ।

चुनावका लागि ५० अर्बको माग आइरहेको छ । तर हामीले बजेटमा १० अर्ब बराबर मात्रै राखेका छौँ, अर्थमन्त्री शर्माले भने ।

सरकारले अगामी वैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन गराउने निर्णय गरेको छ । आसन्न स्थानीय चुनावमा करिब १ लाख म्यादी प्रहरी भर्ना गर्ने तयारी गरिएको छ ।

निर्वाचन सुरक्षामा सेना, प्रहरी र सशस्त्र प्रहरी बलका अलावा ठुलो सङ्ख्यामा म्यादी सुरक्षाकर्मी परिचालन गर्न लागिएको हो । उनीहरूका लागि तलब भत्तामा मात्रै ५ अर्ब रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस