एमसिसीबारे अन्तर्राष्ट्रिय सम्बन्ध समितिले छलफल गर्ने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एमसिसीबारे अन्तर्राष्ट्रिय सम्बन्ध समितिले छलफल गर्ने


२४ माघ २०७८, सोमबार


काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कप्म्याक्टबारे छलफल गर्ने भएको छ ।

आज (सोमबार) बसेको बैठकमा भीम रावल लगायतका सांसदले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पठाएको संयुक्त पत्रमाथि प्रश्न उठाएका थिए ।

सम्बन्धित समाचार : प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालको पत्रबारे समितिले छानबिन गर्नुपर्छ : रावल

समिति सभापति पवित्रा निरौला खरेलले पनि यसरी पत्र पठाउनु अशोभनीय भएको बताइन् ।

साथै एमसिसीबारे जनस्तरमा पनि आवाज उठेकाले आगामी बैठकमा एजेन्डा नै बनाएर छलफल गर्ने उनले बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस