२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपति भण्डारीसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचन परिणामको प्रतिवेदन पेस

अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको यही माघ १२ गते भएको निर्वाचनको प्रतिवेदन पेस गरेको छ ।

प्रतिवेदन ग्रहण गर्दै उनले निर्वाचनका माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत गर्न संविधान तथा सङ्घीय कानुनबमोजिम सम्पन्न गर्नुपर्ने सबै तहका निर्वाचनका लागि सदा तयारी अवस्थामा रहन आग्रह गरे ।

राष्ट्रपति भण्डारीले आगामी निर्वाचनमा समेत आवश्यक सम्पूर्ण तयारी पूरा गर्दै आयोगले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी संविधान र कानुनले तोकेबमोजिमको समयमा सबै तहका निर्वाचन सम्पन्न गर्न सक्ने विश्वाससमेत व्यक्त गरे ।

संवैधानिक व्यवस्थानुसार निर्वाचन समयमा नै सफलताका साथ सम्पन्न गरेकामा आयोगलाई धन्यवाद दिँदै राष्ट्रपति भण्डारीले कोभिड–१९ महामारीबीचमा पनि निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा खुशी व्यक्त गरिन् ।

प्रतिवेदन पेस गर्दै प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आगामी फागुन २० गतेदेखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्यको निर्वाचन प्रयोजनका लागि १२ राजनीतिक दल दर्ता भएकामा नौ राजनीतिक दलका ४३ उम्मेदवारबीच प्रतिस्पर्धा भएको बताए ।

उक्त निर्वाचनमा सातै प्रदेशका कूल दुई हजार २५ मतदातामध्ये दुई हजार सात मतदाताले मतदान गरेकामा सोही दिन साँझ मतगणना गरी निर्वाचित राष्ट्रियसभा सदस्यहरूको नतिजासमेत प्रकाशन गरिएको व्यहोरा अवगत गराइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

सो अवसरमा निर्वाचन आयुक्त, आयोगका सचिवलगायत कर्मचारी तथा राष्ट्रपति कार्यालयका सचिव, सल्लाहकार, विज्ञ, स्वकीय सचिवलगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस