२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विशेष, उच्च र जिल्ला अदालत काठमाडौँमा अतिआवश्यक सेवा मात्र सञ्चालन

अ+ अ-

काठमाडौँ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण तीव्ररूपमा बढ्दै गएपछि विशेष अदालत, उच्च अदालत पाटन, जिल्ला अदालत काठमाडौँले पनि अतिआवश्यक सेवा मात्र सञ्चालन गर्ने भएका छन् ।

विशेष अदातलका सूचना अधिकारी नारदप्रसाद भट्टराईले जारी गरेको थुनुवा भएका मुद्दाको भर्चुअल माध्यमबाट सुनुवाइ गर्ने, आरोपपत्र, अभियोगपत्र दर्ता गर्ने भर्चुअल माध्यमबाट अभियुक्तको थुनछेक र म्याद थप गर्ने जनाएको छ ।

त्यस्तै, उच्च अदालत पाटनले पनि आफ्ना सेवा कटौती गरेको छ । उक्त अदालतका रजिष्ट्रार ठगिन्द्र कट्टेलले जारी गरेको प्रेस विज्ञप्तिमा बन्दीप्रत्यक्षीकरणको निवेदनमा नियमतिरूपमा सुनुवाइ गर्ने, मुद्दा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी कामकारबाही अघि बढाउने उल्लेख छ ।

यस्तै, जिल्ला अदालत काठमाडौँले पनि अतिआवश्यक मुद्दामा सुनुवाइ गर्ने जनाएको छ ।

सर्वोच्च अदालतको मङ्गलबार बसेको पूर्ण बैठक (फूलकोर्ट) ले पनि अति जरुरी प्रकृतिका मुद्दा मात्र आजदेखि लागू हुने गरी सुनुवाइ गर्ने निर्णय गरेको थियो ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार सर्वोच्च अदालतमा एक न्यायाधीशसहित ३४ जना र देशभरी न्यायाधीश र कर्मचारी गरी १२५ भन्दा बढीलाई कोरोना सङ्क्रमण भएको छ ।

प्रतिक्रिया दिनुहोस