विद्यालय बन्दको निर्णय गर्न आज शिक्षा मन्त्रालयको बैठक बस्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विद्यालय बन्दको निर्णय गर्न आज शिक्षा मन्त्रालयको बैठक बस्दै


२६ पुस २०७८, सोमबार


काठमाडौँ । कोभिड-१९ को सङ्क्रमण बढेसँगै सिसिएमसिसी बैठकले विद्यालय बन्द गर्ने सिफारिसको विस्तृत छलफल गर्न शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्रालयको बैठक आज (सोमबार) बस्दै छ ।

जनस्वास्वास्थ्यविदहरूको राय अनुसार हिजो (आइतबार) मात्र कोभिड-१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रले आधारभूत र माध्यमिक तहका विद्यालयमा १५ माघसम्म बिदा दिन तथा विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित परीक्षा मापदण्ड पालना गरेर मात्र सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको थियो ।

सिसिएमसिसीकै निर्णयका आधारमा विद्यालय बन्द गर्ने वा थप केही सूचना जारी गर्नेबारे आज विस्तृत छलफल गरेर निर्णय गरिने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिएका छन् ।

सिसिएमसिसीका प्रवक्ता सुनिता नेपाल बालबालिकामा कोभिडको जोखिम बढेको भनी स्वास्थ्य मन्त्रालयलयको सिफारिसका आधारमा विद्यालय बिदा दिन सिफारिस गरिएको बताउँछिन् । ‘अहिले धेरै विद्यालयमा हिउँदे बिदा छ, यसलाई लम्ब्याउन सिफारिस गरिएको हो,’ उनले भनिन् ।

सिसिएमसिसीले शिक्षा मन्त्रालयमार्फत निर्णय गराएर सङ्घीय मामिला तथा सामान्य प्रशासन हुँदै प्रदेश र स्थानीय तहलाई सिफारिस गर्न भनेको हो ।

सम्बन्धित समाचार : आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय

Tags :
प्रतिक्रिया दिनुहोस