आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय


२५ पुस २०७८, आइतबार


काठमाडौँ । कोरोना सङ्क्रमण रोकथामका लागि भन्दै आज (आइतबार) बसेको कोभिड-१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले आगामी माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

सीसीएमसी प्रवक्ता सुनिता नेपालले माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिएकी हुन् ।

विद्यालय बन्द रहेको अवस्थामा पनि १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षदेखि माथिका शिक्षक, कर्मचारी र अभिभावकलाई खोप लगाउन पनि बैठकले आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस