२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषिको विकासका लागि कृषकको सम्मन गर्नुपर्छ : मुख्यमन्त्री भट्ट

अ+ अ-

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कृषि क्षेत्रबाट अपेक्षित प्रतिफल पाउन कृषकहरुको सम्मान र इज्जत राख्न जरुरी भएको बताएका छन् ।

धनगढीमा आज आयोजित ‘मुख्य मन्त्री एकीकृत कृषि तथा पशुपंछी विकास’सम्बन्धी समीक्षा कार्यक्रममा मुख्यमन्त्री भट्टले कृषकको सम्मान गर्ने सोच नहुँदा कृषि क्षेत्रमा अपेक्षित प्रतिफल आउन सकिरहेको छैन भने ।

नेपाल कृषि प्रधान देश भएर पनि कृषिसम्बन्धी गतिविधिबाट कृषक खुशी नभएको देखिएको उल्लेख गर्दै उनले भने, ‘’कृषि कर्म गर्ने पुरानो तरिका र सोचभन्दा अब नयाँ सोचले काम गर्न जरुरी भइसकेको छ ।’

मुख्य मन्त्रीले हिजोको सोचले नभई नयाँ तरिकाले कृषि विकासका गतिविधि अघि बढाउन सरकारले मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपंछी विकास कार्यक्रम ल्याएको बताउँदै कृषकको हितका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनितादेवि चौधरी र राज्य मन्त्री मानबहादुर सुनारले सयममै मल, उन्नत बीउबिजन नपाउँने र सिँचाइको असुविधा हुने कृषकको समस्या समाधानमा सरकारले पहल गरिरहेको बताए ।

मन्त्रालयका सचिब डा मदनसिंह धामीले कृषि तथा पशुपंछीका क्षेत्रमा भइरहेको आयातलाई प्रतिस्थापन गर्न र प्रदेशलाई आत्मनिर्भरतातर्फ उन्मुख गराउन नमुनाको रुपमा यो कार्यक्रम कार्यान्वयन भइरहेको स्पष्ट पारे । कृषि विकास निर्देशनालय दीपायलका निर्देशक र कृषि ज्ञान केन्द्र कैलाली तथा कञ्चनपुरका प्रमुखले कार्यक्रमबाट प्राप्त उपलब्धि, देखिएका समस्यालगायतका विषयमाथि प्रकाश पारेका थिए ।

बनाइएको कार्यविधि र मापदण्डका आधारमा छनोटमा परेका गाउँमा आर्थिक वर्ष २०७६/०७७ देखि ‘नमूना गाउँ आफैँ बनाऔँ’ भन्ने नाराका साथ धान, गहुँ, आलु, तरकारी, चैते धान, केरा, फलफूललगायतका बालीमा यो कार्यक्रम कार्यान्वयन भइरहेको छ । प्रदेश सरकारले यो कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ ।

प्रतिक्रिया दिनुहोस