प्रधानमन्त्री देउवाले उद्घाटन गरेका अवैध टिभी च्यानलको छानबिन गर्न समिति गठन « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

प्रधानमन्त्री देउवाले उद्घाटन गरेका अवैध टिभी च्यानलको छानबिन गर्न समिति गठन


५ मंसिर २०७८, आइतबार


काठमाडौँ । सूचना विभागले प्रसारण इजाजत नै नलिएका पतञ्जली योगपीठका दुई टेलिभिजन च्यानल प्रधानमन्त्री देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताले उद्घाटन गरेपछि छानबिन थालेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मिडियामा विदेशी लगानी ऐनबाटै प्रतिबन्धित भएकोमा योग गुरु रामदेवको उपस्थितिमा पतञ्जलीका दुई च्यानल उद्घाटन गरेका थिए ।

उद्घाटन समारोहमा सत्ता गठबन्धनका शीर्ष नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समेत सहभागी थिए । दुवै च्यानल सूचना तथा प्रसारण विभागमा दर्ता नभएको र प्रसारण अनुमतिसमेत नलिएको खुलेको छ ।

यसैबीच सूचना तथा प्रसारण विभागले एक जना निर्देशकको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरी स्थलगत अध्ययन थालेको विभागका महानिर्देशक गोगनवहादुर हमालले जानकारी दिए ।

मण्डिखाटारमा स्थायी ठेगाना राखिएका दुवै अवैध च्यानलको कार्यालयमा गएर छानबिन गरिने समितिले जनाएको छ । एउटा टोली आइतबारै स्थलगत अध्ययनमा गएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस