प्रधानन्यायाधीशले तोके ११ वटा पेसी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रधानन्यायाधीशले तोके ११ वटा पेसी


५ मंसिर २०७८, आइतबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आइतबारका लागि ११ वटा इजलासमा पेसी तोकेका छन् ।

प्रधानन्यायाधीश जबराले आइतबारका लागि १० वटा संयुक्त इजलास र एक वटा एकल इजलास गठन गरेका हुन् ।

बिहीबार सर्वोच्चको पूर्ण बैठकबाट गोलाप्रथाबाट पेसी तोक्नका लागि नियमावली संशोधन भई निर्देशिका समेत बनेको भएपनि कानून मन्त्रालयले उक्त विषय राजपत्रमा प्रकाशित गरिसकेको छैन । जसका कारण आइतबार पनि प्रधानन्यायाधीशले नै पेसी तोकेका छन् । यद्यपि इजलासमा आफूलाई भने राखेका छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस