प्रधानन्यायाधीश जबरालाई मंसिर ३ गतेभित्र राजीनामा दिन बारको अल्टिमेटम « प्रशासन
Logo ५ जेष्ठ २०७९, बिहिबार
   

प्रधानन्यायाधीश जबरालाई मंसिर ३ गतेभित्र राजीनामा दिन बारको अल्टिमेटम


१ मंसिर २०७८, बुधबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मंसिर ३ गतेभित्र राजीनामा दिन नेपाल बार एसोसिएसनले अल्टिमेटम दिएको छ ।

बुधबार (आज) अध्यक्ष चण्डेश्वर श्रेष्ठले नेपाल बारको कार्यालय परिसरमा बोल्दै मंसिर ३ गतेभित्र राजीनामा नदिए देशभरका उच्च अदालतमा विरोध प्रदर्शन गर्ने चेतावनी समेत दिएका छन् । उनले प्रधानन्यायाधीश जबराको राजीनामा न्यायालय सुदृढिकरणका लागि भएको बताए ।

प्रधान्यायाधीश जबराले जारी गरेको विज्ञप्ति आँखामा धुलो हाल्न ल्याइएको पनि अध्यक्ष श्रेष्ठले बताए ।

प्रधानन्यायाधीश जबरासँग व्यक्तिगत नभएर न्यायालयमा विकृति ल्याएकाले आन्दोलनित हुनुपरेको बताए । जबराले सेवाग्राहीलाई सेवा पाउनबाट वञ्चित गरेको उनले आरोपसमेत लगाए ।

उनले प्रधानन्यायाधीश जबराविरुद्धको तेस्रो चरणको आन्दोलन पनि सुरु भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस