जानकी मेडिकल कलेजमा कर्मचारीले लगाए ताला « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

जानकी मेडिकल कलेजमा कर्मचारीले लगाए ताला


१ मंसिर २०७८, बुधबार


काठमाडौँ । आन्दोलनरत कर्मचारीले जानकी मेडिकल कलेजमा तालाबन्दी गरेका छन्।

कलेज प्रशासनसँग भएको सम्झौता कार्यान्वयन गर्न दिएको १५ दिने अल्टिमेटमको म्याद सकिएपछि शैक्षिक क्रियाकलाप ठप्प पार्ने भन्दै कलेजको ‘साइन्स’ संकायतर्फ ताला लगाएका हुन्।

कलेजमा वर्षौदेखि भइरहेको अन्याय र श्रमशोषण समबन्धमा समबन्धित सबै निकायलाई पटकपटक अवगत गराइरहँदा समेत विगतमा भएका सम्झौताहरु कार्यन्वयन नभएकाले फेरि आन्दोलन गर्न बाध्य भएको बताइएको छ ।

कर्मचारी, चिकित्सक र फ्याकल्टी र संचालकबीच तलबभत्ता, संचयकोष, दशैं खर्चलगायतबारे विभिन्न मितिहरुमा भएको सम्झौता कार्तिक ३० गतेभित्र कार्यन्वयन नभए मेडिकलको शैक्षिक लगायतका सम्पूर्ण क्रियाकलाप ठप्प पार्ने आन्दोलनरत कर्मचारीले चेतावनी दिएका थिए।

गत कार्तिक १४ मा आन्दोलनरत कर्मचारीले डिनको कार्यालय त्रिविवि चिकित्सा शास्त्र अध्ययन संस्थान, चिकित्सा शिक्षा आयोग, श्रम कार्यालय जनकपुर र जिल्ला प्रशासन कार्यालय धनुषालाई माग पूरा नभए थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावनी पत्र पठाएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस