प्रहरीका ८ जनालाई एसएसपी पदमा बढुवा गर्न सिफारिस « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

प्रहरीका ८ जनालाई एसएसपी पदमा बढुवा गर्न सिफारिस


३० कार्तिक २०७८, मंगलबार


काठमडौँ । नेपाल प्रहरीका ८ जना प्रहरी उपरीक्षक (एसपी)हरूलाई वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ ।

सोमबार साँझ गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार जनपद समूहतर्फ सिफारिस सूची प्रकाशन गरिएको हो ।

विकास राज खनाललाई पहिलो नम्बरमा एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । बढुवा सिफारिस हुनेहरूमा सुदीप राजभण्डारी, अनुराग कुमार द्विवेदी, राजेन्द्र सिंह खड्का, योग बहादुर पाल, टिका बहादुर केसी, ध्रुवराज राउत र भोलाबहादुर रावल रहेका छन् ।

विगत ६ महिनादेखि एसएसपीको दरबन्दी खाली रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस