२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रौतहट कार दुर्घटना अपडेट: मृत्यु भएका चार जनाकै सनाखत

अ+ अ-

काठमाडौँ । रौतहटमा भएको कार दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भएको छ ।

चन्द्रनिगाहपुर– गौर सडकखण्ड अन्तर्गत झुन्खुनवा चोक नजिक शनिवार राति भारतीय नम्बर प्लेटको कार दुर्घटना भएको थियो ।

युके १२ सि २९०० नम्बरको भारतीय कार दुर्घटनामा मृत्यु हुनेमा भारत विहारका २५ वर्षीय दिनानाथ साह, ३० वर्षीय अरुण साह, २८ वर्षीय दिलिप महतो र २७ वर्षीय अमित महतो रहेको रौतहट प्रहरी प्रमुख एसपी विनोद घिमिरेले जानकारी दिए ।

कार तीव्र गतिको कारण अनियन्त्रित भई सडक भन्दा २० मिटर छेउमै रहेको ठुलो खाडलमा खसेको प्रहरीले जनाएको छ ।

घटनास्थल नजिकै बम नहरमा रहेको सुरक्षा चेकजाँचको टोलीले तत्काल कारको सिसा फुटालेर ४ जनालाई निकाली उपचारको लागि जिल्ला अस्पताल गौरमा लगेपनि डाक्टरले मृत घोषणा गरेका थिए ।

मृतक चारै जनाको खल्तीमा भेटिएको आइडी कार्डको आधारमा उनीहरुको भारत विहार राज्यको पूर्वी चम्पारण जिल्लास्थित पताही थाना वेतौना ठेगाना भएको खुलेको थियो ।

पहिचानको लागि भारतीय प्रहरीलाई तस्बिर सहितको म्यासेज पठाएपछि उनीहरुको परिवारजन आएर सनाखत भएको भएको एसपी घिमिरेले जानकारी दिए ।

उनीहरु रौतहटको देवाही गोनाही नगरपालिका ४ स्थित आफन्त नरेश साहको घरमा छठको प्रसाद पुर्‍याउन आएर भारत फर्किँदै थिए ।

सम्बन्धित समाचार : रौतहटमा कार दुर्घटना, चार जना भारतीय नागरिकको मृत्यु