रौतहटमा कार दुर्घटना, चार जना भारतीय नागरिकको मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

रौतहटमा कार दुर्घटना, चार जना भारतीय नागरिकको मृत्यु


२८ कार्तिक २०७८, आइतबार


जनकपुरधाम । रौतहटको यमुनामाई गाउँपालिकाको झुन्खुन्वा चोक नजिकै शनिवार राति भएको कार दुर्घटनामा चार जना भारतीय नागरिकको मृत्यु भएको छ ।

चन्द्रनिगाहपुरबाट गौरतर्फ गइरहेको यूके १२ सी २९०० नम्बरको कार शनिवार राति करिब साढे १० बजे दुर्घटनामा परेको हो । कार अनियन्त्रित भएर नालामा खसेको प्रहरीले जनाएको छ ।

घटना लगत्तै प्रहरी पुगेर उद्धार गर्दागर्दै कारमा सबार चार जनाको मृत्यू भएको रौतहटका प्रहरीले जानकारी दिएको छ ।

मृतकहरुको पहिचान खुल्न सकेका छैन । यद्दपी उनीहरु भारतीय नागरिक रहेका बुझिएको छ ।

मृतक चारै जनाको शव पोष्टमार्टमका लागि गौर अस्पतालमा राखिएको छ । दुर्घटनामा परेको कार क्षतविक्षत अवस्थामा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस