पुनः श्रम स्वीकृतिका लागि बायोमेट्रिक दर्ता अनिवार्य « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पुनः श्रम स्वीकृतिका लागि बायोमेट्रिक दर्ता अनिवार्य


२६ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ । वैदेशिक रोजगारीमा रहेका श्रमिकले आफू रहेको देशबाटै पुनः श्रम स्वीकृति लिन बायोमेट्रिक दर्ता अनिवार्य गरेको जनाएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारीमा जानुअघि विभागबाट श्रम स्वीकृति लिँदा बायोमेट्रिक नगरेकाले श्रम नवीकरणका लागि नेपाल आउनुपर्छ ।

बायोमेट्रिक दर्तामा विदेश जाने बेलामा श्रम स्वीकृति लिँदा श्रम कार्यालयमा श्रमिकको आँखा र औँठाछापको फोटो मेसिनले स्क्यान गरेर अनलाइनमा राख्ने प्रणाली हो ।

विभागमा बायोमेट्रिक दर्ता गरेर गएको श्रमिकले भने अनलाइनबाट आफू रहेको देशबाटै दुई पटकसम्म पुनः श्रम स्वीकृति लिन सक्ने विभागले जनाएको छ ।

यसैबीच विभागले अनलाइनमार्फत श्रम स्वीकृति लिन होस् वा भौतिक रूपमा उपस्थित भएर लिँदा होस् अनलाइनमार्फत अनिवार्य टोकन लिनुपर्ने व्यवस्था गरेको छ ।

कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डलाई ध्यानमा राखेर विभागले श्रम स्वीकृति लिँदा अनलाइनबाट टोकन लिने व्यवस्था अनिवार्य गरेको जनाएको हो ।

विभागका अनुसार भौतिक रूपमा श्रम कार्यालयमा उपस्थित भएर पुनः श्रम स्वीकृति लिने हो भने पहिला अनलाइनमार्फत टोकन लिनुपर्छ । टोकन आफूलाई पायक पर्ने श्रम कार्यालयको लिन सकिने विभागले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस