सर्वोच्चबाट बाहिरिए जबरा « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

सर्वोच्चबाट बाहिरिए जबरा


२५ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा इजलास नबसी सर्वोच्च अदालतबाट बाहिरिएका छन् ।

आफ्नो एकल इजलास गठन गरेर ६ वटा मुद्दा पेशीमा चढाएका जबरा उक्त मुद्दाहरूमा सुनुवाइ नगरी सर्वोच्चबाट बाहिरिएका हुन् ।

यसअघि प्रायः कार्यालय समयमा सर्वोच्चमै रहने जबरा आज इजलास नै नबसी बाहिरिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

नेपाल बार एसोसिएसनको विरोध सभामा प्रहरीले हस्तक्षेप गर्दा आज सर्वोच्च परिसरमा तनाव भएको थियो । यससँगै त्यहाँ सशस्त्र प्रहरीसमेत तैनाथ गरिएको थियो ।

प्रहरी हस्तक्षेपको विरोधमा बारले भोलि इजलास बहिस्कार गर्ने भएको छ भने प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने घोषणा पनि गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस