आज बस्ने एमाले सुदूरपश्चिम कमिटीको बैठक अवैध : उपाध्यक्ष रावल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आज बस्ने एमाले सुदूरपश्चिम कमिटीको बैठक अवैध : उपाध्यक्ष रावल


२३ कार्तिक २०७८, मंगलबार


काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आज (मंगलबार) हुने नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठक दश बुँदे सहमति विपरीत भएको बताएका छन् ।

आज बस्ने बैठकले गर्ने निर्णयसमेत अवैध र अमान्य हुने रावलको चेतावनी छ।

बैठक बस्ने दिन रावलले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै सुदूरपश्चिम प्रदेश कमिटीको बैठकलाई कथित र गुटबन्दीको नमुना भनेका छन्।

रावलले पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन झापामा लागू हुने, सुदूरपश्चिममा किन लागू नहुने भन्दै प्रश्न गरेका छन् ।

उनले सुदूरपश्चिमको भूमि बाह्य अतिक्रमणमा परेकाले हो कि भन्दै आक्रोश पोखेका छन् ।

ट्विटरमा रावलले भनेका छन्, ‘आज हुने भनिएको कथित सु.प. प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ। यो गुटबन्दीको नमुना हो। यो बैठक र यसका निर्णयहरु अवैध र अमान्य छन्। अपानि १२ झापामा लागू हुने, सु.प.मा लागू नहुने किन ? यहाँको भूमि बाह्य अतिक्रमणमा परेकाले हो कि ?’

Tags :
प्रतिक्रिया दिनुहोस