प्रधानन्यायाधीशले तोके ६ इजलासमा ७ मुद्दाको पेसी « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

प्रधानन्यायाधीशले तोके ६ इजलासमा ७ मुद्दाको पेसी


२२ कार्तिक २०७८, सोमबार


काठमाडौँ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज (सोमबार)का लागि ६ वटा इजलास तोकेका छन् ।

प्रधानन्यायाधीश जबराले २ एकल र ४ संयुक्त इजलास तोकेका हुन्। पेसी तोकिएमा सबै मुद्दा बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित रहेका छन् ।

प्रधानन्यायाधीशले सोमबार आफ्नो पनि इजलास तोकेका छन् ।

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै न्यायाधीशहरूले पनि मार्ग प्रशस्त गर्न आग्रह गर्दै आएका छन् । तर, प्रधानन्यायाधीश जबरा भने राजीनामा नदिने अडानमा छन् ।

उनले आफू संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीश नियुक्त भएको भन्दै कसैले राजीनामा दे भन्दैमा आफूले नदिने बताएका छन् ।

जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले सोमबार कालोपट्टी बाँधेर विरोध जनाउने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस