अरुण कोरिडोर आयोजना सरकारले अघि बढाउँछ: अर्थमन्त्री शर्मा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अरुण कोरिडोर आयोजना सरकारले अघि बढाउँछ: अर्थमन्त्री शर्मा


१७ कार्तिक २०७८, बुधबार


किमाथाङ्का । अर्थमन्त्री जनार्दन शर्माले अरुण करिडोर आयोजनाको काम सरकारले चाँडै थाल्ने बताएका छन् । प्रेस सेनटर नेपाल सङ्खुवासभाले आज यहाँ गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले अरुण करिडोर सञ्चालनका लगि सरकारले गृहकार्य थाल्ने बताए ।

सङ्खुवासभाका लागि महत्वपूर्ण सडक आयोजना अरुण करिडोर नै भएको उनले बताए । सो आयोजनाका लागि विश्व बैंकसँग पनि कुरा भइरहेको बताउँदै उनले किमाथाङ्का नाका सञ्चालनको पहल गर्ने बताए । किमाथाङ्का नाकासम्म सडक निर्माण र भन्सार व्यवस्थित बनाउन सरकारले महत्वका साथ हेरीररहेको उनको भनाइ थियो ।

नेपालको पानी जनताको लगानीले अरुण नदीको विभिन्न आयोजना सफल बनाउने मन्त्री शर्माले बताए । उनल चार दलको गठबन्धनको सरकार निरन्तर चल्नेमा शङ्का नगर्न आग्रह गगरे ।

Tags :
प्रतिक्रिया दिनुहोस